पोखरा २ मा २२६ ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण
पाेखरा | जेठ ५, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताउनुभयो । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै उहाँले ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनु पर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीहरूको स्वास्थ्य सुरक्षा प्रति महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । महानगरपालिकाका हरेक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेतबाट नागरिकहरूलाई सरल र सुलभ सेवा प्रदान गर्ने कार्यमा महानगरपालिका लागि रहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।
उनीहरूको स्वास्थ्य पहुँच सहज नहुने, आफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकहरूलाई वडामा नै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सहित १ महिनालाई पुग्ने औषधी समेत निःशुल्क उपलब्ध गराइएको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो ।
शिविरमा सुगर प्रेसर, मुटु सम्बन्धी जाँच तथा परामर्श र जनरल हेल्थ चेकअप लगायत सेवा दिइएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपेन्द्र सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा रक्तचापको समस्या पहिलो र मधुमेहको समस्या तेस्रो नम्बरमा रहेको छ । यसको नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिन उहाँले सुझाव समेत दिनुभयो ।
कार्यक्रममा सदस्य तथा सहरी स्वास्थ्य केन्द्र २ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचना श्री खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकहरूको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गर्नुभएको थियो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

